Tuesday, July 24, 2012

प्रेस विज्ञप्ति

लोकतान्त्रिक मञ्च (एनडीएफ) को युरोपियन भेलामा आइतबार मन्तव्य राख्ने क्रममा स्पेनबाट सहभागी भएका हेम शेर्पाले दिएको अभिव्यक्तिप्रति शेर्पा किदुग पोर्तुगलको गम्भिर ध्यानाकर्षण भएको छ । आदिवासी जनजाति महासंघले कालो झण्डा प्रदर्शन गरेको देख्दा देख्दै जनजातिहरुको अधिकारको खिलापमा लागिपर्ने नेताद्वय भीम रावल र प्रकाश ज्वालाको प्रिय बन्ने सङ्कुचित सोचबाट ग्रसित भै जनजाति आन्दोलन समस्या बनेको र जातिपातिको कुरा गर्नु वाहियात हो भन्ने जस्ता उनको भनाइ सम्पूर्ण आदिवासी जनजातिहरुको मर्म र भावनाविपरित भएकाले हामी निजलाई जनजातिसँग सम्बन्धित संघसंस्थामा राखिराख्न उचित नभएको निचोडमा पुगेका छौ । तसर्थ यसै विज्ञप्तिमार्फत निज हेम शेर्पालाई युरोपियन शेर्पा संघबाट बर्खास्त गर्नका लागि शेर्पा किदुग पोर्तुगल जोडदार माग गर्दछ ।


पेम्बा छिरी शेर्पा
अध्यक्ष
शेर्पा किदुग पोर्तुगल

रिञ्जी शेर्पा
सचिव
शेर्पा किदुग पोर्तुगल
२४ जुलाई २०१२